विमान समुद्रमा खस्दा दुईको मृत्यु


०३:२६ बजे
  एजेन्सी,२० बैशाख: सिरियाको लटाकियानजिकै एक रुसी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा दुई पाइलटको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ। बिहीबार बिहान खमेमिम हवाइ अड्डाबाट उडेको रुसी एसयु–३०एसएम विमान भूमध्य सागरमा खसेको थियो।दुई पाइलटले विमानलाई नियन्त्रणमा लिन अन्तिमसम्म संघर्ष गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। इञ्जिनमा चरा ठोक्किएका कारण सो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।एसयु–३०एसएम लडाकु विमानमध्ये दुर्घटनाग्रस्त हुने यो पहिलो विमान रहेको बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७