लुम्बिनीमा ६ दलले छोडे मुख्यमन्त्री गिरीको साथ, सरकार अल्पमतमा
लुम्बिनी । लुम्बिनी प्रदेश ६ दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका छन् । नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
६ दलबाट संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । समर्थन फिर्ता लिनेमा एक जना स्वतन्त्र सांसद पनि छन् । ६ दलसहित एक स्वतन्त्र सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गिरीको सरकार अल्पमतमा परेको छ ।