नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा


२०७९ चैत ६ सोमबार १९:५८ बजे

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीको बढुवा गरेको हो । डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको गत शुक्रबारको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो ।

हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए । एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७