उपराष्ट्रपतिको शपथ सोमबार


२०७९ चैत ५ आइतबार १३:४३ बजे

काठमाडौं । नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७