पोल्टी फार्ममा कुखुरा पालन
पाल्पाको रामपुर नगरपालिका–८ स्थित आचार्य पोल्टी फार्ममा पालिएका कुखुरा । यहाँ रामपुर नगरपालिकाको युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमअन्तर्गत लेयर्स जातका कुखुरापालन गरिएको छ । नेपालका विभिन्न जिल्लामा अहिले व्यावसायिक कुखुरा पालन फस्टाएको छ । अहिले यस व्यवसायमा युवापुस्ताको समेत आकर्षण देखिएको छ । तर, बेलाबेलामा बजारको समस्या भने देखिने गरेको छ । यस्तै वर्डफ्लुका कारण पनि किसानले समस्या भोग्दै आएका छन् । तस्वीर : सुशीला रेग्मी / रासस