बसको ठक्करबाट महिलाको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त


२०७९ फाल्गुण १ सोमबार १०:०१ बजे

सुर्खेत । बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त र स्थानय आन्दोलनमा उत्रेका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध बनाएका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् । बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड–६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।

रावत हाल वीरेन्द्रनगर–१० को बामेखोलामा बस्दै आएकी थिइन् । बा ४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

बुलबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिए । प्रदर्शनकारीले आफन्तलाई नसोधी शव उठाइएको भन्दै आक्रोशित बनेका छन् ।

ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् । झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् । डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७