जाजरकोटमा जीप दुर्घटना : ठूलो मानवीय क्षतिको आशंका
जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा भएको छ । केहीबेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ठूलो मानवीय भएको आशंका गरिएको छ ।
जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जीप दुर्घटना परेको हो । जीप सडकबाट २०० मिटर थल खसेको छ भने घटनाको विवरण आउन बाँकी नै छ । प्रहरीका अनुसार प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।