प्रचार–प्रचार गुर्नपर्छ नेपाल पर्यटक कमी हुँदैन् : झलनाथ खनाल


२०७५ बैशाख २ आइतबार २३:१० बजे
विराटनगर, २ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपालले प्रचार–प्रचार गर्नुपर्छ पर्यटकको कुनै कमी नहुने बताएका छन् । फाइल तस्बिर । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उनले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताएका हुन । विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा छन् । छतले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा विशेष कोठा समेत छ । स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, नेपाली तथा भारतीय उद्योगी, व्यापारी र पर्यटकको बसाइँलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए । निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नं को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक रुपमणि राजभण्डारीले बताए । होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनाका साथै थप एक सेमिनार हल निर्माण गर्ने निर्देशक न्यौपानेले बताए । उक्त होटलमा दक्ष जनशक्तिद्वारा नेपाली, भारतीय, चाइनिज र इटालिन खाना पकाउनाका साथै रु चार हजार ५०० देखि रु १० हजारसम्मका कोठा उपलब्ध छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७