काठमाडौं, २ बैसाख : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दम्पतीले नयाँ बर्षको अवसरमा आखाँ दान गर्ने घोषणा गरेका छन् । आफ्नो ट्वीटरमा विश्वप्रकाश शर्माले ‘नेत्रदान’ त्यसैले नयाँ बर्ष उपहार ! लेखेका छन् । शर्मा दम्पतीले मरणोपरान्त आँखाको नानी दान गर्ने कुरा शुक्रबार ट्वीटरमा लेखेर जानकारी गराएका हुन् ।
आँखा दान इच्छा पत्र भर्यौं आज हामी दुवैले, नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित डिसिएमटी आँखा (कोर्निया) संकलन केन्द्र काँकरभिट्टाको नाममा !!’ लेखेका छन् ।
‘आँखा दान महादान’ भन्ने उक्तिसँगै दृष्टिविहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित डिसिएमटी आँखा (कोर्निया) संकलन केन्द्र काँकरभिट्टाको नाममा उनले आँखा दान गर्ने भएका हुन् ।