नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने


२०७५ बैशाख १ शनिबार ११:५२ बजे
  काठमााडाैं, १ वैशाख नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाडाैं– ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ । अस्पतालले २५ वर्ष पूरा गरेको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारबीच उपचार सहुलियत सम्झौता भयो । उक्त सम्झौताअनुसार अस्पताल रहेको सो वडाका नागरिकले नर्भिकमा उपचार गराउदाँ २० प्रतिशत छुट पाउने छन् । त्यसका लागि कार्डको व्यवस्था गरी सेवा उपलब्ध गराइने बताइएको छ । अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवकै अवसरमा सगरमाथा आरोह गर्न लागेका पत्रकार महिला टोलीलाई रु २५ लाखको चेकसहित नर्भिकको झण्डासमेत हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस नेता तथा सांसद प्रकाशमान सिंहले नर्भिक अस्पतालले नेपालको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले भने, “२०७४ साल नेपालको लागि महत्वपूर्ण रह्यो, लामो समयपछि तिनै तहका निवार्चन भई जनप्रतिनिधि चुनिएर स्थायित्व कायम हुनु ठूलो उपलब्धि हो ।” सबै राजनीतिक खराब र पैसा कमाउने सोचका मात्र नहुने भन्दै उनले नयाँ वर्षमा गलत विचारलाई परिवर्तन गर्नुपर्ने बताए । कलाकार तथा नर्भिक अस्पतालका सद्भावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।“नर्भिकले धेरै नेपालीलाई उपचारका लागि विदेश जानबाट रोकेको छ, मेरो निजी जिन्दगीमा पनि वसन्त चौधरी र नर्भिकले लगाएको गुण आजसम्म र्तिन सकेको छैन ।” वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले नर्भिकले वडावासीका लागि उपचार सहुलियतको व्यवस्था गरेकोमा कृतज्ञता व्यक्त गरे । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष वसन्त चौधरीले २५ वर्षअघि २५ श्ययाबाट शुरु भएको नर्सिङ होम आज विभिन्न विशेषज्ञ सेवा, अत्याधुनिक उपकरणसहित विश्वसनीय अस्पतालको रुपमा परिचत भएको उल्लेख गरे । उनले नर्भिकले ज्येष्ठ नागरिकका लागि आन्तरिक र बाह्य सेवामा १० प्रतिशत सहुलियत दिई छुट्टै डेक्सको व्यवस्था गरिने जानकारी दिए । २५ वर्षकै अवसरमा सम्पूर्ण कर्मचारीलाई एक महिना बराबरको तलब बोनसस्वरुप उपलब्ध गरिने अध्यक्ष चौधरीले बताए । सगरमाथा आरोहण टोलीकी प्रमुख रोजिता बजाचार्यले नर्भिकले स्वास्थ्य सेवाको सगरमाथा आरोहण गरिसकेको बताउँदै आफ्नो टोलीले नर्भिकको झण्डा सगरमाथाको शिखरमा फहराएर आउने वाचा गरे । पत्रकार महिलाको पाँच सदस्यीय टोली सगरमाथा आरोहणको अन्तिम तयारीमा छ । त्यसैका लागि वैशाख ३ गते टोली लुक्ला प्रस्थान गर्न लागेको टोलीका सदस्य तथा राससकर्मी रोसा बस्नेतले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७