आईपीएल : हैदरावादको लगातार दोस्रो जित, मुम्बईको लगातार हार


२०७४ चैत ३० शुक्रबार २०:०६ बजे
काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग(आइपिएल)मा साविक विजेता मुम्बई इन्डियन्सले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भएको हो । हैदरावादल १ सय ४८ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । आइपिएलमा लगातार दोस्रो जित गर्ने क्रममा ऋद्दीमान शाह र शिखवर धवनले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै हैदारावादलाई दमदार सुरुआत दिलाए । ऋद्दीमानले २२ र शिखरले सर्वा्धिक ४५ रन बनाए । दीपकले अविजित ३२ बिल्ली स्टानलाकेले अविजित ५ रन बनाउँदै विजयी रन प्रहार गरे । मुम्बईका मायंक मर्कान्डेले ४, मुस्ताफिजुर रहमाले ३, जसप्रित ब्रुम्ह्राले २ विकेट लिए पनि टिमलाई पहिलो जित दिलाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि ओपनर इभिन लुइसले २९, सूर्यकुमार यादव र केरोन पोलार्डले समान २८, कुर्नाल पाण्डेयाले १५ र कप्तान रोहित शर्माले ११ रन बनाए । हैदरावादका सन्दीप शर्मा, बिली र सिद्धार्थ काउले समान २ विकेट लिए भने रासिद खान र सकिब अल हसनले समान १ विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७