बेलबारी गोल्डकप : डाँगीहाट सेमिफाइनलमा


१०:४० बजे

मोरङ । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी बुद्व एयर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पछि पार्दै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

उत्कृष्ट प्रदर्शन गरेको झापा खेल समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भएको थियो । टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको जाली चुम्न सकेन । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गर्न सफल भए । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो । लोकेन्द्र लिम्बूको कडा प्रहारमा डाँगीहाटका गोल रक्षक किशोर गिरीले रोके ।

आयोजक डाँगीहाटका सुशील राईको प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले असफल परि दिए । झापाका रजिन सुब्बाको १५ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले समाए ।अभिषेक गुरुङले १९ औँ मिनेटमा सुनौलो अवसर पाए पनि गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४३ औँ मिनेटमा प्रहार गरेको खुल्ला बलमा गोलरक्षक गिरी बाधक बनिदिए ।

खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरी घोषित भएर रु ५ हजार नगद पुरस्कार पाए । तेस्रो दिनको खेल उदघाटन नगर उप प्रमुख नितु थापा कोइरालाले गरेकी थिइन् । २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने खेल प्रबक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । शुक्रबारको खेल सहलेस युथ क्लब सिरहा र क्यामरूनको एभिनीयर फुटबल क्लबबीच हुने खेल संयोजक भाइकुमार गुरूङले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७