फतुवा विजयपुर नगरपालिकाद्वारा ४९ करोड बजेट बिनियोजन


२०७९ भदौ ३० बिहीबार १०:५१ बजे

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगर सभा ४९ करोड बढिको बजेट बिनियोजन गर्दै सकिएको छ । नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भए पनि बुधबार आयोजित नगरसभाले बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भुकुमार यादवले घोषणा गरेका थिए । नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पूर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ ।

नगरपालिकाको संघीय वितीय समानीकरण अनुदान १२ करोड ७९ लाख,प्रदेश वितीय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० करोड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघीय सशर्त अनुदान २१ करोड ८३ लाख, आय तर्फ देखाएको छ ।

त्यसै गरी प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश समपूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ करोड ६५ लाख, मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कूल ४९ करोड ४९ लाख ९९ हजार बजेटको आयको प्रक्षेपण गरिएको छ ।

नगरसभामा प्रमुख अतिथि बाबुराम अधिकारी, फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुन,वडा अध्यक्षहरु संजय यादव, सतिस यादव, रामएकवाल यादव, मंजय चौधरी लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए । फतुवा विजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी उपस्थित भएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७