बार्सिलोना र लिभरपुल पराजित, इन्टर मिलानको जित


२०७९ भदौ २९ बुधबार १९:०४ बजे

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना २-० ले पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २-० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।

इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले एक/एक गोल गरे । अर्को खेलमा लिभरपुलले आजक्सलाई २-१ गोलले हराएको छ । त्यस्तै टोटनह्याम स्पोर्टिङसँग २-० गोलले पराजित भएको छ । पोर्टोलाई क्लब बुर्जले ४-० गोलको फराकिलो अन्तरले हराएको छ । मार्सेल्लीलाई इन्ट्राच फ्रान्कफर्टले १-० गोल तथा लिभरकुसेनले एट्लेटिको मड्रिडलाई २-० गोलले हराएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७