खानेपानी मन्त्री रहेका कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेता ‘निलम्बित’


२०७९ भदौ २८ मंगलबार १०:१० बजे

बारा । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेद्वार सिफारिस गर्ने क्रम तीब भइरहेका बेला नेपाली कांग्रेस बाराले भने खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बनको कारवाही गरेको छ ।

जिल्ला अनुशासन समिति बाराले भदौ २९ गते मंगलबार केन्द्रीय अनुशासन समितिलाई जानकारी गराएको पत्रमा सहमहामन्त्री चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको उल्लेख छ ।

त्यस्तै जिल्ला अनुशासन समितिले पूर्व सांसद तथा महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र २ नम्बर क्षेत्रीय समितिका सभापति रामप्रवेश प्रसाद यादवलाई पनि निलम्बन गरिएको जानकारी लिखित रुपमा पठाइएको छ ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तरघात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निणर्य अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले जाकारी दिएका छन् ।

संयोजक यादवका अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत मागेको, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७