‘लेनिल पिक’ मा लालबहादुर जिरेलले फहराए युवा संघको झण्डा


२०७९ भदौ २७ सोमबार ०९:४२ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको ताराअंकित झण्डा कीर्गिस्तानको ‘लेनिन पिक’ मा फहराइएको छ ।

दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई संघको झण्डा हस्तान्तरण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथासहित साना-ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका आरोही जिरेलले एकीकृत समाजवादीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत हुन् ।

उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकुलगायत २६ बढी हिमाल रोहण गरिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७