दर्ता भएको चार वर्षपछि बिमा विधेयक पारित, बिमा समिति अब प्राधिकरण हुने


२०७९ श्रावण २९ आइतबार ०७:४४ बजे

काठमाडौं । संसदमा चार वर्षअघि दर्ता गरिएको बिमासम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित गरिएको हो ।

उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागु हुनेछ ।

यो ऐन लागु भएपछि अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । बिमा क्षेत्रमा भएका समस्यालाई नियालेर समयसापेक्ष विधेयक बनाइएको उनले बताए ।

विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्तापुँजी बिमा कम्पनीहरूले नपुर्‍याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ । विधेयकमा बिमा ब्रोकरको पनि परिकल्पना गरिएको छ ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक ०७५ असारमा संसद्मा पेस गरेका थिए । उक्त विधेयकमा बिमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरिएपछि विवाद भएको थियो । यीलगायत विषयमा विवाद भएपछि संसद्ले यसअघि विधेयक पुनः छलफलका लागि अर्थ समितिमा फिर्ता पठाइदिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७