विश्व बैंकको साढे १२ अर्ब ऋण र जापानको दुई अर्ब अनुदान स्वीकार गर्ने निर्णय


२०७९ श्रावण २९ आइतबार ०८:२४ बजे

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने एक सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निणर्यहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिए ।

त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापान सरकारले २२ सय ५६ मिलियन जापानी येन अनुदान दिने भएको छ । सञ्चारमन्त्री कार्कीकाअनुसार दुई अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको सो अनुदान सहायत स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७