बस्नेतको चेतावनी : आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई हिसाब देखाइ दिन्छौँ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महेश बस्नेतले देशमा बढेको महँगी र भ्रष्टाचारको विरोधमा साउन १६ गते वसन्तपुरमा शक्ति प्रदर्शन गर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई आज (शनिबार) कोटेश्वरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले युवा संघको बैठकमा जिल्ला जिल्लाबाट काठमाडौं आएकाहरुलाई वर्तमान सरकारलाई धक्का हानेर मात्रै जिल्ला जान आग्रह गरेका छन् ।
बस्नेतले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा हिसाबकिताब देखाइ दिने चेतावनी दिए । उनले युवा संघका नेता कार्यकर्तालाई संगठन निर्माणमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेका छन् ।