उर्जामन्त्री पुन आज बैंकक जाँदै, उर्जामा वैदेशिक लगानी भित्र्याउने लक्ष्य
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन[/caption]
मन्त्री पुनले सुरक्षा, चुनौती र संभावना तथा सरकारले अघि सार्न लागेका योजनाका र वैदेशिक सहयोग र लगानीका विषयमा पनि धारणा राख्ने छन् । फोरमको पहिलो सम्मेलन सन् २०१३ मा रसियामा भएको थियो । पुन चैत २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
मन्त्री पुनको निजी सचिवालयले दिएको जानकारी अनुसार उनी सहसचिव प्रविनराज अर्यालका साथमा मध्यान्ह थाई एयरवेजबाट बैंकक जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासेफिक अन्तरगतको यो दोस्रो इनर्जी फोरम बैंकक स्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुनेछ । .gif)

.png)

