रामेछापको खिम्तीखोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज (मंगलबार) बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै गए राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले होशियारी अपनाउन भनिएको छ ।
आज प्रदेश-१ का एक/दुई ठाउँमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आउँदो तीन दिनसम्म ठूला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।