पत्रकार धम्काउने नेविसंघका केन्द्रीय सदस्य पक्राउ


०६:१५ बजे
रौतहट, १७ चैत्र । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् । समाचारको विषयमा पत्रकार संजय मिश्रा बिरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । साहले फेसबुकमा धम्कीपूर्ण पोष्ट गर्दे आएको थे । उनलाई पत्रकार मिश्राले दिएको लिखित उजुरीको आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कटहरिया नगरपालिका ५ का साह बिद्यार्थी राजनितिका साथै निजि बिद्यालय सञ्चालक समेत हुन् । तर, साह फतुआ बिजयपुरस्थित माबी बिजयपुरका प्रधानाध्यापक सुदामा यादवको मिलोमतोमा २०७३ असोज देखि उक्त बिद्यालयमा शिक्षकको पेशामा समेत कार्यरत रहेका थिए । उनले सो विद्यालयमा कामै नगरी तलब खाँदै आएको ख’ल्न आएको थियो . यसैबीच नेपाल पत्रकार महासंघ रौतहट शाखा, प्रेस चौतारी र प्रेस सेन्टर रौतहटले छुँटाछुटै बिज्ञप्ती प्रकाशित गरी साहमाथि कारबाहीको माग गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७