नेदरल्यान्ड्समाथि इङ्ग्ल्यान्डको फराकिलो जित


२०७९ असार ४ शनिबार १९:३९ बजे

काठमाडौँ । पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ । गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई २३२ रनले हराएको हो । जितसँगै तीन खेलको श्रृङ्खलामा इङ्ग्ल्यान्डले एक-शून्यको अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्डले दिएको चार सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा दुई सय ६६ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि स्कट एड्वाड्र्सले अविजित ७२ रन बनाए । त्यस्तै म्याक्स ओडेडले ५५ रन जोडे । इङ्ग्ल्यान्डका मोइन अलीले तीन तथा डेभिड विली, रिस टोप्ले र साम करनले दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ५० ओभरमा चार विकेट गुमाएर ४९८ रनको कीर्तिमानी योगफल बनाएको थियो । इङ्ग्ल्यान्डले आफ्नै कीर्तिमान तोडेको हो । इङ्ग्ल्यान्डले यसअघि सन् २०१८ मा अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

नेदरल्यान्ड्ससँगको खेलमा इङ्ग्ल्यान्डका तीन खेलाडीले शतक बनाए । जोस बटलरले नटआउट एक सय ६२, डेविड मलनले एक सय २५ र फिल साल्टले एक सय २२ रन बनाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७