एसपीपीका विषयमा भएको सहमतिको कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन


२०७९ असार ३ शुक्रबार २१:५१ बजे

काठमाडौं । संसदीय समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज (शुक्रबार) बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्रचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निणर्य गरेको हो ।

बैठकले एसपीपीका विषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृह सचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निणर्य भएको सभापति पवित्रा निरौलाले जानकारी दिएकी छन् ।

एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निणर्य बैठकले गरेको उनले बताइन् ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिएको सभापति निरौलाले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७