प्रधानमन्त्रीले एसपीपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइयो : रमेश लेखक


२०७९ असार २ बिहीबार १४:१३ बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौता नगर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो’, नेता लेखकले भने । उनले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारे । सरकारले एसपीपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उनको भनाइ थियो ।

नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर नित्कर्षमा पुग्ने गरेको उल्लेख गरे । सबै देशसँग कांग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उनको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७