रोल्पा नगरपालिकामा माओवादी केन्द्र कांग्रेसभन्दा दोब्बर मतले विजयी


२०७९ जेठ २ सोमबार १३:१२ बजे

रोल्पा । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) दोब्बर बढीसहित निवार्चित भएको छ । माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती) ७,६०३ मतसहित अध्यक्षमा निर्वाचित भएको जिल्ला निवाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३,६५८ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मदेवार घनश्याम आचार्यले ५२४ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता आचार्य ७,७७१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३,७१९ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी कृष्णकुमारी गौतमले ४१९ मत प्राप्त गरेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७