नौगाडमा गठबन्धन विजयी, तीन वडासहित अध्यक्षमा धामी र उपाध्यक्षमा ठगुन्ना निर्वाचित


२०७९ जेठ १ आइतबार २०:२४ बजे

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्ष पदमा माओबादी नेता दलजितसिंह धामी विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेस नेता जगतसिंह ठगुन्ना विजयी भएका छन् । अध्यक्षमा एमाले उम्मेदवार प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्ना पराजित भए ।

नौगाड गाउँपालिका वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमाले विजयी भएको छ । आधिकारीक मत परिणाम प्राप्त हुने क्रममा रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएसंगै नेता कार्यकर्ता र शुभचिन्तकहरु खुशीयाली मनाइरहेका छन् ।

यसअघि अपिहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् ।

अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३८५ मत ल्याए । २०७४ सालमा मन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे मन्यालसंगै पराजित भएका थिए ।

उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याइन् । वडाहरुमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । छ वटै वडामा एमाले उम्मेदवार पराजित भएको बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७