भोट हालेपछि प्रधानमन्त्रीको प्रतिक्रिया : गठबन्धनले कांग्रेस कमजोर भएको छैन
डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।
शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असीग्राम मावि मतदान केन्द्र ‘ख’ बाट भोट हालेका देउवाले छोटो प्रतिक्रिया दिएका हुन् ।
उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको दावी गरेका छन् । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन् । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्वपूणर् थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने । देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आपसमा चुनावमा तालमेल गरेको छ ।