आईजीपी सिंह र अर्यालले लगाए ‘फुली’


१०:३२ बजे

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज (सोमबार दर्ज्यानी चिह्न (फुली) लगाएका छन् ।

 आज बिहान गृह मन्त्रालयमा आयोजित समारोहबीच गृह सचिव टेकनरायण पाण्डेले नव नियुक्त आईजीपीहरुलाई फुली लगाई दिएका हुन् । आइतबार सरकारले सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निणर्य गरेको हो । सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोख्रेल र सहकुल थापा असन्तुष्ट देखिएका छन् । सरकारको निणर्यविरुद्ध सर्वोच्च अदालत तयारी उनीहरुको छ ।

थापाले सल्लाहमा रहेको बताए पनि पोख्रेलले अदालत जाने निणर्यमा पुगेको बताएका छन् । रिट परेर सोमबार नै पेसी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्नसक्ने भएकाले बिहानै कार्यक्रम सम्पन्न गरिएको हो ।

यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो । त्यस्तै घटना दोहोरिन सक्ने भएकाले गृह मन्त्रालयले बिहानै कार्यक्रम राखेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि आइतबारै महानिरीक्षक नियुक्त भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७