सरकारले २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै निल्यो : ओली


१७:३० बजे

हेटौंडा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप (भ्याक्सिन) क्याप्सुल निलेझै निलेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘अहिलेको विकास २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले ।’ उनले अहिले चुनावका मुखमा अर्बौ रकम पर्ने औषधि उपकरण कमिसन चाहिएर खरिद गर्न लागेको आरोप समेत लगाए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्त्य जस्तो अनुहार भएको भन्दै ओलीले जति खाए पनि नपुग्ने ऋषि जस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरेका छन् । उनले चुनावका बेला खरिद बिक्री रोक्न चेतावनी समेत दिए ‘कुन अस्पताललाई सिटीस्क्यान मेशिन चाहियो ? कुन अस्पताललाई के चाहियो त्यो त अघिल्यै सरकारले ल्याइसकेको छ’, ओलीले भने ।
ओलीले गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको पनि बताए ।

‘अहिलेको सरकार खान जन्मेको हो । देशलाई विकास गर्न होइन, कंगाल बनाउन जन्मेको हो । सात वटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा । यो सरकार चुनाव गराउन पनि चाहँदैन थियो’, ओलीको भनाइ छ । उनले नेपाली काँग्रेसको घोषणापत्रको पनि आलोचना गरेका छन् । उनले काँग्रेसको घोषणापत्रमा काँग्रेस सभापतिको नाम ८ ठाउँमा र एमाले अध्यक्षको नाम ४२ ठाउमा लेखेको भन्दै धन्यवाद दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७