जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण

काठमाडौं । १८ जना जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षमा जम्मा तीन जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आग्रहमा लोकसेवा आयोगले परीक्षा लिएको थियो ।
आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो । न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो । छनौट हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन् ।