२६२ मा कोरोना संक्रमण, चार जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र ३,२४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा चार जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १,३३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।