साढे चार महिनादेखि नेतृत्वविहीन धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त


२०७८ फाल्गुण ५ बिहीबार १०:२१ बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक शेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री शेयर कारोबारमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यसपछि बोर्ड साढे चार महिनादेखि नेतृत्वविहीन थियो ।

यसअघि बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो । समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो । अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो ।

धनगढी स्थायी घर भएका हमाल कांग्रेस निकट हुन् । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै ल्याउन चाहेका थिए । त्यसो त आवेदकमध्येका एक रहेका हमाल बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको दाबी गर्दै आएका थिए ।
‘म आफै पनि धितोपत्र बोर्डको लागि योग्य व्यक्ति हो । म शुरुमा इन्जिनियर हो । त्यो पेशा छोडेर मैले एमबीए गरें’, उनले भनेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७