महराका ‘पिएसओ’ को हृदयघातबाट निधन


२०७८ माघ २९ शनिबार ११:३२ बजे

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का नेता कृष्णबहादुर महराका पिएसओको निधन भएको छ । पूर्व सभामुख समेत रहेका महराका सुरक्षा अधिकारी (पिएसओ) नेपाल प्रहरीका सहायक निरीक्षक बुद्धिबहादुर तामाङको शनिबार ह्रदयघातबाट निधन भएको हो ।

हृदयघात भएर अस्पताल लैजाँदै गर्दा तामाङको निधन भएको महराका छोरा राहुल महराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । दिवगंत तामाङको आजै अन्त्येष्टि गरिएको तस्बिर समेत राहुलले सार्वजनिक गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७