राजेशपायल राईको महानता : आफूलाई दुर्व्यवहार गर्ने दावालाई गाली नगर्न अपिल


१०:५१ बजे

काठमाडौं : गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले खाँदा ओढाएर माफी मागेका छन्। अंग्रेजी नयाँ वर्ष–२०२२ को पूर्वसन्ध्या अर्थात् ‘न्यू इयर इभ’ अमेरिकाको न्यूयोर्कमा ‘न्यू इयर इभ–२०२२’ को सांगीतिक कार्यक्रममा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर शेर्पाले दुर्व्यवहार गरेका थिए।

गायक राईमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको थियो। शेर्पाले शेर्पा सँस्कृति अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । जनजाति समुदायमा यसलाई ‘शीर उभाउनी’ भनिन्छ ।

शेर्पाले आफूबाट गल्ती भएको स्वीकार्दै राईलाई खादा ओढाएर माफी मागेका छन्। ‘मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई) लाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु। उहाँको म ठूलो प्रशंसक हुँ,’ उनले भने।

गायक राईले मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन्। ‘अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु, मैले उहाँलाई माफी दिएको छु’ राईले भने।

देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गल्ती नगर्न आग्रह गरेका छन्। ‘मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूलाई अब उप्रान्त गाली गलौज नगरिदिनुहोला। मेरो शीर ढलोस्, नेपाली गीतसंगीत र नेपाल कहिल्यै नढलोस्,’ राईले भनेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७