राजदूत नियुक्तिमा पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं : नारायणकाजी


२०७८ कार्तिक २१ आइतबार १४:४७ बजे

काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा पार्टीको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाउन प्रस्ताव गरेका छन् ।

आज (आइतबार) उनले सामाजिक सञ्जालमार्फत भागबण्डा मात्रै गरिए कुनै पनि पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्ने उल्लेख गरेका छन् ।

‘अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि, प्रमले तीन जनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं’, उनको प्रस्ताव छ, ‘अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौं ।’

श्रेष्ठले पाँच दलीय गठबन्धनको बैठकमा आफूले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयलाई बेठिक भन्दै असहमति जनाएको समेत उल्लेख गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७