प्रिमियर लिग : युनाइटेड घरेलु मैदानमै २–० ले पराजित

काठमाडौं, २१ कात्तिक । प्रिमियर लिगमा शनिबार राति भएको म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ ।
पहिलो हाफमा बर्नार्डो शिल्भाको गोल र एरिक बाईको आत्मघाति गोलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा हराएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडका एरिकले सातौं मिनेटमै आत्मघाती गोल गर्दा सिटीले अग्रता बनाएको थियो ।
बर्नार्डोले पहिलो हाफको अन्तिममा गोल गरेका थिए । जितपछि ११ खेलबाट २३ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड समान खेलबाट १७ अंङ्कसहित पाँचौ स्थानमै यथावत छ ।