खोला किनारमा युवकको शव भेटियो
मोरङ, २० कात्तिक । विराटनगरमा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५-२६ वर्षका युवकको शव फेला परेको हो ।
कालो रंगको टि–सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, पाँच फिट चार इन्च उचाइ, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।