साफमा इतिहास रचेको नेपाली फुटवल टोली आज स्वदेश आइपुग्ने


२०७८ कार्तिक १ सोमबार १४:५० बजे

काठमाडौं, १ कातिक । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ ।

माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ ।

नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७