महाधिवेशनको नयाँ कार्यतालिका आएपछि पौडेलले बोलाए बोहोराटारमा बैठक


२०७८ श्रावण ३१ आइतबार १५:४१ बजे

काठमाडौं, ३१ साउन । भदौमा हुने भनिएको १४ औं महाधिवेशन मंसिरमा गर्ने नयाँ कार्यतालिका आएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट शीर्ष नेताहरुको वैठक बोलाएका छन् ।

उनले महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुलाई छलफलका लागि बोहोराटार बोलाएका हुन् । छलफलका लागि ४–५ नेताहरुलाई बोलाइएको बोहोराटार स्रोतले जनाएको छ ।

‘हिजो महाधिवेशनको नयाँ कार्यतालिका आयो । यही विषयमा अब कसरी अगाडि जाने भन्ने बारेमा छलफल गर्न ४–५ जना नेताहरुलाई बोलाउनु भएको छ,’ बोहोराटार स्रोतले भन्यो । अहिलेसम्म महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री सिंह, नेता दिलेन्द्रप्रसाद बडू बोहोराटार पुगिसकेका छन् । अन्य केही नेताहरु पुगेपछि छलफल शुरु हुने बताइएको छ ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ९–१३ मा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ । आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७