महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त


१०:२४ बजे

काठमाडौं, २० असार । महालक्ष्मी विकास बैंक लि. कोे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । २०७८ आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुलेकी छिन् ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी श्रेष्ठ नेपाल फाइनान्स इन्टिच्युसन एसोसिएसन र डेभलभमेन्ट बैकस एसोसिएसन मा लामो समयसम्म आवद्घ थिइन् ।

त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि गरेकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७