‘किरात प्रदेश’ बनाउन पहल गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता


२०७४ फाल्गुण १५ मंगलबार १७:५१ बजे

किराविसघंले मुख्यमन्त्री राईलाई किरातीहरुले ३२ पुस्ता शासन गरेको इतिहास सुनाए

-अर्जुन कुलुङ रार्इ (खनेन्द्र) बेलवारी, १४ फागुन । मुख्यमन्त्री शेरधन राईले प्रदेश  नंम्बर १ लाई किरात प्रदेश नामाकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग गर्दे सोमबार ज्ञापन पत्र बुझाएको किरात राई विद्यार्थी सघंकाे टोलीलाई मुख्यमन्त्री राईले आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सघंले मुख्यमन्त्री राईलाई विराटनगर स्थित उनकै कार्यकक्षमा पुगी ज्ञापन पत्र बुझाएका थिए । सघंका अध्यक्ष विर्सिका राई, केन्द्रीय सचिव सुसन राई, सचिवालय सदस्य अन्जिल राईसहित केन्द्रीय सदस्य तथा सघं जिल्ला समितिका विद्यार्थीहरूले उनलाई भेटेको थिए । भेटमा सघंले मुख्यमन्त्री राईलाई किराती परम्परा अनुसार टाउँकोमा फेटा बाँधिदिएर सम्मान समेत गरेका थिए । मुख्य मन्त्री राईले सघंको माग प्रति प्रतिबद्धताका साथै सभामुख उपसभामुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाइने बताइन् । उनले भने,‘प्रदेशको नाम राख्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ, यसको लागि प्रदेशको सभामुख, उपसभामुख र विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि ज्ञापनपत्र बुझाउनहोस् ।’ सघंका अध्यक्ष राईले ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर १ को भगोल किराती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिक र राजनैतिकसँग जोडिएको बताइन् । किरातीहरुको धार्मिक ग्रन्थमा पौराणिक किंवदन्तीहरूमा पनि प्रदेश नं १ को भूमिबाटै किरातीहरुको मानव सभ्यता र उत्पत्तिको विकास भएको उनले बताइन । यस्तै उनले नेपालको इतिहासमा मानिसलाई आजको सामाजिक रूपान्तरण, व्यवस्थित मानव विकास सुरुवात गरेको बताउँदै किरातीहरु ३२ पुस्ता नेपाल शासन गरेको किरातीहरुको गौरवमय इतिहास पनि सम्झाइन् । उनले किरात एउटै निश्चित जाति नभई सभ्यता, भूगोल, इतिहास भएको र प्रदेश नं. १ हरेक बासिन्दाले गर्व गर्नु पर्ने नाम भएको समेत बताइन् । सघंकी अध्यक्ष राईले सोमबार नै सभामुख प्रदिपकुमार भण्डारीलाई भेटेर ज्ञापनपत्र दिने तयारी गरिएको भए पनि प्रदेश संसद्को बैठक चलिरहेकाले समय नमिलेको बताइन् ।   हेर्नुहोस् ज्ञापन पत्र  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७