यस्ता छन् आर्थिक वृद्धि गर्ने अर्थमन्त्री डा. खतिवडाका ५ प्रतिबद्धता


२०७४ फाल्गुण १४ सोमबार १०:१० बजे
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजनामा आयोगमा दुईपटक उपाध्यक्ष बनिसकेका डा. युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । उनी विकासम्बन्धि अवधारणा र मौद्रिक नीतिका विज्ञ हुन् । खतिवडा राष्ट्रबैंकको गभर्नर भएपछि केही उलेख्य काम समेत गरेका छन् । [caption id="attachment_31684" align="aligncenter" width="720"] अर्थमन्त्री युवराज खतिवडा[/caption] नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा मर्जर नीति अघि सारे, घरजग्गा कारोबार लगायतका कारण डुब्न लागेको अर्थतन्त्रलाई उकास्ने गरी उनले घरजग्गा कारोबारको नीतिलाई कडाई गरे । ट्याक्स छली गरी विदेशबाट नेपालमा भित्राउन खोजिएको अवैध रकमलाई रोक्ने नीति पनि खतिवडाको गभर्नर कार्यकालको मुख्य उपलब्धि हो । हालै नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले सरकारी खर्चको प्रभावकारिता सुनिश्चित गरिने बताएका छन् । सोमबार कार्यभार सम्हाल्ने क्रममा उनले आफ्नो पाँच बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । अर्थ मन्त्री खतिवडाको पाँच बुँदे प्रतिबद्धता १, संविधानले दिएको नागरिकको आर्थिक अधिकारको रक्षा गर्ने, राज्यका निर्देशक सिद्धान्तहरूमा अन्तर्निहित आर्थिक अिधकारहरुको कार्यान्वयन गर्ने, वाम गठबन्धनले जनतासामु गरेका प्रतिबद्धताहरू पुरा गर्ने तथा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताहरू पुरा गर्ने। २, लोक कल्याणकारी राज्यबाट समाजवाद उन्मुख अर्थ व्यवस्थातर्फ अघि बढ्ने। यसका लागि निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँग सहकार्य गर्ने र त्यो सहकार्य परिपुरकको रूपमा रहने। ३, सरकारी बित्ता व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने। सरकारी बित्ता प्रणालीलाई पारदर्शिता बनाउने र खर्चको प्रभावकारिता अपनाउने। बित्ता प्रणालीको साधनस्रोतलाई उत्पादनसँग जोड्ने। ४, उच्च आर्थिक वृद्ध र समृद्धिको इञ्जिनको रूपमा निजी क्षेत्रलाई लिने। निजी क्षेत्रसँगको सहकार्यलाई अघि बढाउने। यसका लागि निर्णय प्रक्रियालाई छिटो छरितो बनाइने। ५, मुलुकको विकास र समृद्धिका लागि बाह्य सहयोगको आवश्य पर्ने हुँदा अन्तर्रा्ष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताको आधारमा सहयोग गर्ने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७