सांसद रेशम चौधरीले अदालतमा गरे आत्मसमर्पण


२०७४ फाल्गुण १४ सोमबार १०:११ बजे
काठमाडौं: सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् । को हुन् चौधरी ? चौधरी टिकापुर हत्याकाण्डका आरोपी हुन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी भएका थिए । उनले राजपाबाट भूमिगत अवस्थाबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । चौधरीले कैलाली १ मा १८ हजार २४२ मतसहित विजयी भएका छन् । एक बालकसहित ९ प्रहरीको विभत्स हत्या भएको टीकापुर काण्डका प्रमुख योजनाकार हुन् रेसम चोधरी । घट्नापछि चौधरीलाई प्रहरीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार ठहर गर्दै पक्राउ गर्न खोजेपछि उनी फरार छन् । प्रचण्ड सरकार भएको बेला चौधरी भारतको दिल्लीमा रहेको विषय निकै विवादित बनेको थियो । तर, पछि सोही सरकारले चौधरीलाई टीकापुर घटनामा उनको व्यक्तिगत सम्पत्ति क्षतिस्वरुप भएको भन्दै डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरेको थियो । टीकापुर हत्याकाण्डपछि धेरै थारु युवाहरू समेत विस्थापित भएका थिए । उनीहरुमध्ये धेरैजसो अहिले आ–आफ्नै ठाउँमा फर्किसकेका छन् । भने, कतिपय थारु अगुवाहरु गाउँ फर्किन सकेका छैनन् । रेसम चौधरीले आफू टीकापुर काण्डमा निर्दोष रहेको भन्दै थारु समुदायमाथिको ज्यादती कसैले नदेखेको बताउँदै आएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७