स्थिति उल्ट्याउँदै लेस्टर सिटी २–१ ले विजयी

काठमाडौं, १४ बैैसाख । एक–शून्यले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा टिमोथी कास्टाग्ने र केलिची इहानाचोले गोल गरे । खेलको १२ औं मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रेइड जाहाले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली लेस्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो । खेलको ५० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
८० औं मिनेटमा केलिचीले गोल गर्दै लेस्टरलाई २–१ को जित दिलाएका हुन् । यो जितसँगै लेस्टर ३३ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित क्रिस्टल प्यालेस ३८ अंक जोडेर १३ औं स्थानमा छ ।