काठमाडौंबाट आईपीएल क्रिकेटको सट्टेबाजी गराउने ११ जना पक्राउ


२०७८ बैशाख १३ सोमबार १२:१० बजे

काठमाडौं, १३ बैसाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

महाशाखाको टोलीले ठमेल र ज्याठा लगायतका पाँच ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७