अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री : प्रदीप गिरी


२०७७ चैत ३० सोमबार ०३:४२ बजे

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिलेको राजनीतिक संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।

आज (सोमबार) संसद वैठकमा बोल्दै उनले सकुनीले दोहोरा पासा फ्याँके जसरी पुनः संसद विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सांसद गिरीले चुनावमा नै जाने हो भने पनि सहमतिमा जानुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन पनि तयार हुनुपर्ने उनले बताए । उनले भने, ‘अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७