२०७७ चैत २६ गते बिहीबारको तपाईको राशिफल


१५:१८ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । प्राविधिक काममा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशु चौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जोश, जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको विकास हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७