प्रचण्ड–माधव पक्षलाई साथ दिएर हस्ताक्षर नै गरिसकें : प्रदीप नेपाल


२०७७ पौष १२ आइतबार १३:१७ बजे

काठमाडौं, १२ पुस । नेकपाका वौद्धिक नेता प्रदीप नेपालले प्रचण्ड–माधव पक्षलाई साथ दिएका छन् ।

आफ्नै निवासमा भेट्न आएका पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीलाई नेता नेपालले आफूले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकेकाले दुईतिर नगर्ने स्पष्ट पारेका छन् ।
नेकपा विभाजनपछि ओली पक्षका नेताहरु नेपाललाई आफ्नो पक्षमा दस्तखत गराउन नेपाल निवास पुगेका थिए ।

‘उहाँहरु माइन्युटमा हस्ताक्षर गर्न लिएर आउनु भएको थियो । तर मैले दुईतिर गर्न मिल्दैन । माफ गर्नुहोला ! मैले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकें भनेर पठाई दिएँ’, नेता नेपालले भने, ‘मेरो साथ प्रचण्ड–माधव पक्षलाई नै हुन्छ ।’

नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेका बेला पनि दुबै पक्षका नेता प्रदीप नेपाललाई भेट्न पुगेका थिए । उनीहरुले नेकपा विभाजनलाई रोक्न सुझाव मागेका थिए । तर, प्रधानमन्त्रीको संसद विघटनको कदमसँगै नेकपा विभाजन हुन पुगेको छ । पूर्वमन्त्री समेत रहेका नेता प्रदीप नेपाल स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७