नेकपा संसदीय दलको बैठक आज, प्रचण्ड संसदीय दलको नेता बन्दै


२०७७ पौष ८ बुधबार ०५:४१ बजे

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ ।

हिजो (मंगलबार) केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी रहेको जनाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको सोमबार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताइएएको छ ।

हिजो (मंगलबार) बसेको नेकपाको वहुमत केन्द्रीय कमिटी बैठकले विभिन्न १० वटा महत्पूर्ण निर्णय गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णय छन् ।

४४१ सदस्सीय केन्द्रीय कमिटीमध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
हेर्नुस् निर्णयहरु

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७